बाढी-पहिरोले मुख्य सडकहरु अवरुद्ध ,स्कोर्पियो बगायो र भवनमा क्षती

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । पहिराेले म्याग्दी सदरमुकाम जोड्ने मुख्य सडकहरु अवरुद्ध भएका छन् । गयरातीदेखि परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा बेनी–जोमसोम ,बेनी–दरबाङ ,बेनी–बागलुङ र बेनी–मालढुङ्गा सडकमा सिधा यातायात अवरुद्ध भएको हो । बेनी–दरबाङ सडक अन्तर्गत मालिका–६,बाङ्गेभीरमा,मङ्गला–२,लाम्पाटामा तथा बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिकाको वडा नम्बर २को सिमाना घुमाउने पहिरोमा पहिरो खसेको छ ।

बेनी–बागलुङ सडक अन्तर्गत बेनी नगरपालिका–१,स्थित हुलाकेमा ग २ च ९३ ५५ नम्बरको स्कोर्पियो बगाएर सात मिटर तल पु¥याएको छ । राती पोखराबाट बेनी आउने क्रममा भेल सँगै आएको बाढीले गाडी बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गाडीमा क्षती भएपनि मानवीय क्षती भने भएको छैन । गाडी निकाल्ले प्रयास भइरहेको छ ।बेनी –जोमसोम सडक अन्तर्गत अन्नपुर्ण–३,गुइठे र खामभित्ता ,रघुगङ्गा–२,उपल्लो बैसरी र कुनौटेमा पहिरो खस्दा सडक अवद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।

यसैगरी बेनी–अर्थुङ्गे सडकमा पनि पहिरो खसेको छ । त्यस्तै बेनी नगरपालिका–९,गलेश्वर स्थित जडभरत  विद्यालय भवनमा लेदो सहितको बाढी पसेर क्षती पु¥याएको छ ।बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तितर्फ सोझिदा विद्यालयसँगै रहेको पुलह पुलत्स्य अन्नक्षेत्र र गलेश्वर जेष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको हो । बेनी नगरपालिका–८, कालीपुल बसपार्क र प्रवेशद्धार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति पु¥याएको छ । भने बेनी–मालढुङ्गा सडकमा विभिन्न ठाउँमा पहिरो खस्दा सिधा यातायात अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु ,यायायात व्यवसायी र मुक्तिनाथ जाने तिर्थयात्रीले सास्ती व्यहोर्नुपरेको छ । भने ढुवानीमा समस्या भइरहेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । ‘‘गयरातीदेखि परेको भारी वर्षाका कारण म्याग्दीका मुख्य सडकहरु अवररुद्ध भएका छन् । अवरुद्ध सडकहरु मर्मत गरी सिधा यातायात सुचारु गर्ने प्रयास भइरहेको छ ,’’ प्रजिअ ढकालले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार