एक लाख पुरस्कार राशीको ‘देविस्थान कप’ फुटबल प्रतियोगिता हुँदै

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकमा एक लाख पुरस्कार राशीको १४औं देविस्थान कप महिला तथा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विजया दशमीको अवरमा न्यु देविस्थान युथ क्लबको आयोजनामा आगामी अशोज २९ गतेदेखि कार्तिक ५ गतेसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । खेल संयोजक सुवास पुनका अनुसार , खुल्ला पुरुष फुटबल प्रतियोगिताका विजेता र उपविजेताले क्रमश एक लाख र पचास हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

भने महिला फुटबल विजेता र उपविजेताले ३५ हजार र १७ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । पुरुष फुटबलका लागि धरौती सहित ११ हजार रुपैयाँ शुल्क तोकिएको छ । भने महिला फुटबलका लागि टिमले तीन हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने क्लबले जनाएको छ । प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिने टिमले १२ हजार रुपैयाँ नगद पाउनेछन् । प्रि क्वाटरदेखि म्यान अफ दि म्याच ,उत्कृष्ट डिफेन्डर ,उत्कृष्ट स्टाइगर ,सर्वाधिक गोलकर्ता , उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीले पुरस्कार पाउने क्लब सचिव सरोज पुनले जानकारी दिनुभयो । मेलालाई फल बनाउनमा सहयोग गर्न क्लब अध्यक्ष कविन पुनले आग्रह गर्नुभएको छ । प्रचारप्रसार सँगै आन्तरिक तयारीलाई तिब्रता दिइएको क्लब अध्यक्ष पुनको भनाइ छ । प्रतियोगिता सम्पन्न मेला संयोजकको टंक पुन र खेल संयोजकको जिम्मेवारी सुवास पुनलाई दिइएको छ ।यस अघि सञ्चालित प्रतियोगिताहरुमा राष्ट्रिय स्तरका खेलाडीहरु समेत सहभागी हुने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार