मोना फ्रान्सको अध्यक्षमा गौचन

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सको अध्यक्षमा ओम गौचन चयन हुनुभएको छ । स्टालिङगार्डमा सम्पन्न तेस्रो अधिवेशनबाट २०२४–२०२६ कार्यकालको लागि गौचनको अध्यक्षतामा १५ सदस्यिय सर्वसम्मत रुपमा कार्यसमिती गठन भएको छ। उपाध्यक्षमा दिल कुमार पुन (गर्बुजा ),मन बहादुर सेन्चुरी,महासचिवमा महेन्द्र बोहोरा, सचिव बिकास केसी,कोषाध्यक्ष दिनेश कार्की,सहकोषाध्यक्ष रमेश बोहोरा (क्षेत्री) रहनुभएकाे छ ।

त्यसैगरी सदस्यहरुमा ईन्द्र बहादु् विक,सुवास शर्मा,लोकेन्द्र पुन, सुनिता शाही, नवीन प्रधान र शंकर फगामी रहेको महासचिव बोहोराले बताउनुभयो। अधिवेशनबाटयुवा तथा खेलकुद बिभाग संयोजकमा प्रबुद्ध केसी, उपसंयोजकमा चोचन फगामी,महिला संयोजक सोसिमा रकाल,सास्कृतिक बिभाग संयोजक– भिमा बुढाथोकी रहनुभएकाे छ। निर्वतमान अध्यक्ष देवेन्द्र केसीको अध्यक्षतामा सम्पन्न अधिबेशनमा निर्वाचन कमिटी (संयोजक मण्डल) को संयोजक मोना फ्रान्सका सल्लाहकार तप्त भण्डारी, सदस्यमा मोना फ्रान्सका सस्थापक अध्यक्ष हेम बानियाँ,पुर्व अध्यक्ष पदम शेरचनले सहमतिकै प्रक्रियाबाट निर्वाचन सम्पन्न गराउनुभयाे ।

अधिवेशबाट संरक्षकमा संस्थापक अध्यक्ष हेम बानियाँ, पदम शेरचन, सल्लाहकारमा तप्त भण्डारी, लक्ष्मीप्रसाद भट्टचन,प्रताप मल्ल र मोना राष्ट्रिय समितीका अन्तर्राष्ट्रिय संयोजक तथा सल्लाहकारमा निर्वतमान अध्यक्ष देवेन्द्र केसीलाई चयन गरिएको छ । अध्यक्ष गौचनले फ्रान्समा रहेका म्याग्देलीलाई मोनामा आवद्ध हुन अनुरोध गदैं आफ्नो कार्यकालमा सदस्यता विस्तार सहितका कार्यहरुलाई प्राथमिकता दिने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार