म्याग्दी नदीले बगाउँदा आठ वर्षिय बालक बेपत्ता

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङमा शुक्रबार साँझ सोही वडाको छ्यारछ्यारे स्थित झोलुङ्गे पुल नजिकै किनारमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सोही गाउँपालिका–१,निस्कोट घर भई हाल दरबाङमा बस्दै आउनुभएका सागर पटेलका छोरा आठ वर्षिय सलमान पटेल बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार , शुक्रबार साँझ करिब सवा पाँच बजेको समयमा पौडी खेल्ने क्रममा एक्कासी खोलाले बगाएको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटेको सात जनाको प्रहरी टोली र स्थानीयबासीले खोजी सुरु गरेका हुन् । बेपत्ता सलमान साँझ सम्म पनि फेला पर्नुभएको छैन ।एक जना साथी सँगै पौडी खेल्न गएको भनिएपनि को साथी भन्ने परिचय खुल्न सकेको छैन । अभिभावक मार्फत वेपत्ता सलमानको कपडा र चप्पलबाट पहिचान भएको हो । बेपत्ता सलमानको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।पानी परेपछि खोजीकार्यमा थप समस्या भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार