४५ औं रनिङ कपको उपाधि पुरुषतर्फ नव सिर्जना युवा क्लब र महिलातर्फ दुरलेक स्पोर्ट्स क्लबलाई

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका -२, स्थित रुममा लाली गुराँस युवा क्लबद्वारा बडा दसैंको अवसरमा आयोजित ४५ औं रनिङ कप ,विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न पुरुषतर्फ भलिबल खेलको उपाधि नवसिर्जना युवा क्लब, खबाङ र महिलातर्फको उपाधि दुरलेक स्पोर्ट्स युवा क्लबले हात पार्न सफल भएका छन् । क्लब सचीव योगेन हर्मेलका अनुसार ,पुरुष भलिबलमा आयोजक लालीगुराँस युवा क्लब रुम ए टिम उपबिजेता रमहिला भलिबलमा जन साहारा युवा क्लब उपबिजेता भएका छन् ।

बिजेता दुबै टिम नवसिर्जना युवा क्लब र दुरलेक स्पोर्ट्स क्लबले क्रमशः एक लाख पाँच हजार ५५५ तथा २५ हजार ट्रफी , मेडल र प्रमाणपत्र हात पारेका छन् ।भने उपबिजेता आयोजक ए र जनसाहारा युवा क्लबलाई क्रमशः ६० हजार तथा १५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको सचीव हर्मेलले जानकारी दिनुभयो ।

यसैगरी पुरुष छेलोमा बिजेता बल बहादुर हर्मेल र उपबिजेता झलक हर्मेल, महिला छेलोमा बिजेता कमला पुन र उपबिजेता सानु प्रतेल ,एकल नृत्यमा बिजेता प्रीति घर्ती र उपबिजेता तारा बुढा तथा सामुहिक नृत्यमा सृजनशिल आमा समुह कलात र उपबिजेता नब सृजना आमा समुह लुप्सिरलाई नगद सहित पुरस्कृत गरिएको थियो । गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा , वडा अध्यक्ष उदयकुमार बुढाथोकी , मेला अध्यक्ष भरत रोका , क्लब अध्यक्ष सागर पटेल लगायतले पुरस्कार र सहयोगीदाताहरुलाई सम्मान वितरण गर्नुभएको थियो ।

मेला ऎतिहासिक घोडेनाच देखाइएको थियो भने वरिष्ठ गायक खड्ग गर्बुजा , गायिका दिलु मगर , गायकद्वय होमलाल पुन मगर र डमप्रकाश लगायतले सांगीतिक प्रस्तुति दिनुभएको थियो । क्लब अध्यक्ष सागर पटेलले मेलालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । स्थानीय कला संस्कृतिको जगेर्ना , खेलकुद क्षेत्रको प्रवर्द्धन तथा खेल प्रतिभा पहिचानमा सघाउ पुर्याउने उदेश्यले मेला आयोजना गरिएको बताउनुभयो । आगामी दिनमा पनि थप व्यवस्थित गर्दै मेला संचालनलाई निरन्तरता दिने उहाँले उद्घोष गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार