दिपावली मेलाको उपाधि भलिबलतर्फ लालीगुराँस ,जनसाहारा र फुटसलतर्फ नमुना एफसी एलाई

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,ओखरबोट स्थित तामाखानी युवा क्लवद्वारा आयोजित दिपावली मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न खेलमा पुरुष भलिबलतर्फ लालीगुराँस युवा क्लब , महिला भलिबल तर्फ जनसाहारा युवा क्लव र फुटसलतर्फ नमुना एफसी ए विजयी भएका छन् । भने पुरुषतर्फ फ्युचर स्टार युवा क्लव छापखानी , महिलातर्फ दुरलेक युवा क्लब र फुटसलतर्फ नमुना एफसी बी उपबिजेता भएका छन् । यसैगरी , महिलातर्फ जनसाहारा युवा क्लबकी खेलाडी अनिस रोका र लालीगुराँस युवा क्लबका विकास पटेल उत्कृष्ट खेलाडी घोषित भई पुरस्कृत हुनुभएको थियो ।

बिजेता टीम पुरुष भलिबल र फुटसलतर्फ समान पचास हजार रुपैयाँ नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पारेका छन् ।भने उपबिजेता दुबै टीमले तीस हजार रुपैयाँ नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको सचीव जिता पुन मगरले बताउनुभयो । त्यसैगरी , महिला भलितर्फ बिजेता र उपबिजेताले क्रमशः २५ हजार र १२ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पारेका छन् । क्लब अध्यक्ष ओम प्रकाश पुन मगर , सचीव जिता पुन मगर , पुर्व अध्यक्ष तुलप्रसाद पुन , स्थानीय हिरा पुन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

१९ गतेदेखि संचालित मेलामा क्लब कोषाध्यक्ष पारस पुनका अनुसार , फुटसलतर्फ २३ ,भलिबलतर्फ १५ र महिला भलिबल तर्फ ७ टीमले दर्ता गराएका थिए । क्लब अध्यक्ष ओमप्रकाश पुन मगरले मेलालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । खेलकुद क्षेत्रको विकास र प्रवर्द्धन , खेलप्रतिभाको पहिचान तथा मौलिक कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले मेला आयोजना गरिएको क्लब अध्यक्ष पुन मगरले बताउनुभयो । गाउँबस्तीको विकास र उन्नतिका लागी सबै मिल्नुपर्नेमा जोड दिनुभयो । पुर्व क्लब सचीव नविन पुनले संचालन गर्नुभएको कार्यक्रममा चन्दादाताहरुलाई सम्मान गरिएको थियो । छेलोतर्फ तिलक पटेल विजयी हुनुभयो भने चन्द्र पटेल उपबिजेता बन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार