काठमाडौँ – अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।
ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा आज साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको हो ।
पहिलो हाफमा गोल गर्न नसकेको नेपालले दुवै गोल दोस्रो हाफ गरेको थियो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । डाँगीले ४६ औँ मिनेटमा नेपालका लागि सुन्दर गोल गर्नुभयो।
त्यस्तै खेलको ७८ औँ मिनेटमा रोहित चन्दले नेपालका लागि दोस्रो गोल गर्नुभयो। फिफा वरियतामा अफगानिस्तान नेपालभन्दा २५ स्थानमाथि छ । पछिल्लो फिफा वरियतामा अफगानिस्तान १५१ औँ स्थानमा रहँदा नेपाल १७६ औँ स्थानमा छ । रोचक खबर