काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने नेपाली कांग्रेस र एमालेको योजनालाई असफल पारेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले कांग्रेस र एमालेको योजनालाई असफल बनाएको निष्कर्ष निकालेको हो ।
‘स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने कांग्रेस एमालेको योजनालाई खण्डित गरेका छ । चुनावी नतिजाले अन्य कुरामा पनि सरकारमाथि दबाब सिर्जना गरेको छ’, बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यस्तै माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनतामा तीव्र निराशा रहेको निष्कर्ष निकालेको छ । ओली सरकार देशलाई अधोगतितिर धकेल्नतिर लागिपरेको भन्दै माओवादीले आपत्ति जनाएको छ । रातोपाटी