बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरमा सम्पन्न दोस्रो म्याग्दी भलिबल कपको उपाधि छात्रतर्फ ज्ञानप्रकाश मावि दाना र छात्रातर्फ बेनी सामुदायिक मावि विजय भएको छ ।शनिबार भएको फाईनल खेलमा छात्रतर्फको खेलमा अन्नपूर्ण गाउँपालिका–३,दानास्थित ज्ञानप्रकाश माविले बेनी नगरपालिका–७,बेनी स्थित प्रकाश माविलाई १–३ सेटमा पराजित गरेको थियो । त्यसैगरी छात्राातर्फ बेनी सामुदायिक माविले म्याग्दी बहुमुखी क्याम्पसलाई सोझो सेटमा पराजित गरेको छ ।
प्रतियोगितामा छात्राछात्रा प्रथम र द्धितियले क्रमश ५० हजार, नगद, २५ हजार सहित रनिङ कप, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी शिक्षकतर्फ किसानी मावि बिमलाई पराजित गदैं डनिङ आवसीय मावि बावियाचौरले उपाधि जितेको छ । त्यसैगरी शिक्षिका तर्फ माउण्ट एभरेष्ट आवसीय माविलाई पराजित गर्दै प्रथम भएको शिख माविले हात पारेको छ ।
शिक्षक पुरुष तथा महिलातर्फ प्रथम र द्वितिय पुरस्कार क्रमशः२५ हजार र १३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको म्याग्दी भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिए । प्रतियोगितामा छात्रतर्फ ज्ञानप्रकाश माविका सफल गुरुङ, छात्रातर्फ बेनी सामुदायिक माविकी समिक्षा थापा, शिक्षकतर्फ डनिङ आवासीय माविका अनित बुढाथोकी र शिक्षिकातर्फ शिख माविकी हेमा पुन, उत्कृष्ट कोच ज्ञानप्रकाश माविका भिमबहादुर बरुवालले नगद सम्मान गरिएको छ ।
प्रतियोगिताका बिजेतालाई पूर्व भौतिक यातायात ब्यवस्था मन्त्री एवम् प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, पुर्व माननीय विनोद केसीले पुरस्कार वितरण गर्नुभएको थियो । मंगला मा।वि र डर्निङ आवासीय माविको सह आयोजनामा सम्पन्न भएको प्रतियोगितामा जनप्रतिनिधि सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसी, शिक्षा विकास कोष ज्ञानप्रकाश माविका संयोजक कृष्ण तुलाचन लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितमा छात्रतर्फ २०, छात्रा १३, पुरुष शिक्षक २० र महिला शिक्षकतर्फ ९ गरि ६२ टिमको सहभागिता रहेको थियो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले भलिबल खेलको नर्सरी नै विद्यालय भएकाले विद्यालय स्तरीय खेलको गत वर्षदेखि संचालन गरिएको बताउनुभयो । प्रतियोगिताको मुख्य प्रायोजकमा गौमति खत्री विकास कोष रहेको थियो ।