कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार गौतमलाई प्रदान

  म्याग्दी न्युज संवाददाता

बेनी । प्रेस सेन्टर नेपाल, म्याग्दीद्धारा स्थापित कृष्ण सेन मदन स्मृती क्रियाशिल पत्रकारीता पुरस्कार  म्याग्दीका पत्रकार  सन्तोष गौतमलाई प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई नगद रु ७ हजार सहित प्रमाणपत्र प्रदान गरी दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी, पुरस्कार कोषका संरक्षक विनोद केसी, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसी, प्रेस सेन्टरका केन्द्रिय उपमहासचिब एवं गण्डकी प्रदेश इन्चार्ज दिपक श्रेष्ठ, प्रदेश अध्यक्ष अर्जुन काफ्ले लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । विगत १७ बर्षदेखि पत्रकारितामा सक्रिय रहनुभएका गौतम  रासस र अन्नपूर्ण पाेष्ट दैनिकमा अाबद्द हुनुहुन्छ भने बेनीबाट प्रकाशित हुने रिखार दैनिक र धौलागिरि खवर अनलाइनका प्रकाशक समेत हुनुहुन्छ । हरेक तीन/तीन बर्षमा प्रदान गरिने यस पुरस्कार यस अघि कमल खत्री, घनश्याम खड्का, ठाकुर प्रसाद आचार्य र धिरन खत्रीलाई प्रदान गरिसकिएको छ ।

वि.स २०७२ मा चलचित्र भिमदत्तको बिशेष प्रर्दशनी गरेर स्थापना भएको पचहत्तर रुपैया राशीको कोषमा नेकपा माओावदी केन्द्रका युवा नेता बिनोद केसीले जनयुद्धमा दिवंगत हुनुभएका दाजु मदनको स्मृतीमा रु २५ हजार सहयोग गर्नुभएको थियो । कोषमा रहेको रकमको ब्याजबाट क्रिायशिल पत्रकारलाई सम्मान गरिँदै आईएको जनाइएको छ ।

यसैबिच सोही सम्मेलनले कमल खत्रीको अध्यक्षतमा १५ सदस्यीय प्रेस सेन्टर नेपाल, म्याग्दी शाखाको नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्दिप खत्री, सुरेन गुरुङ, सचिबमा कलमजिवि, सहसचिबमा शिव गौतम, सजिना खड्का, कोषाध्यक्षमा दुर्गा गौतम आचार्य, रहनुभएको छ । त्यसैगरि सदस्यहरुमा कृष्णराज पौडेल, सुप्रेना किसान, दिलिप पुन, भिषण केसी, कुशल शर्मा, इन्द्र विक र भरत विक रहनुभएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य भण्डारीले पत्रकारिताले समाजको वास्तविक चित्र बाहिर ल्याउनुपर्ने बताउँदै विकास, सुसासन र चेतना फैलाउने कुरामा पत्रकारहरुको योगदान रहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसी, पुरस्कार कोषका संरक्षक विनोद केसी, प्रेस सेन्टरका केन्द्रिय उपमहासचिब एवं गण्डकी प्रदेश इन्चार्ज दिपक श्रेष्ठ, प्रदेश अध्यक्ष अर्जुन काफ्ले लगायतले जनपक्षिय पत्रकारितामा प्रेस सेन्टरको भूमिकाको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस सेन्टर म्याग्दीका संस्थापक कुशल पौडेल, प्रेस सेन्टरका केन्द्रिय सदस्य विनोद धौलागिरी, गण्डकी प्रदेश समितिका महासचिब सन्तोष गौतम लगायतले पत्रकारहरु सुचना तथा सञ्चार र प्रविधिसंग घुलमिल हुनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार