रोजगारी सृजना र युवा पलायन रोक्न उद्योग क्षेत्र फस्टाउन जरुरी छ : मुख्यमन्त्री लामा

  म्याग्दी न्युज संवाददाता

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले रोजगारी सृजना र युवा पलायन रोक्न उद्योग क्षेत्र फस्टाउन जरुरी रहेको आंैल्याएका छन् । उहाँले राजनीतिक नेतृत्व, प्रशासन र नागरिकहरूमा सुधारको आवश्यक रहेको बताउनुभयो।

मकवानपुर उद्योग वाणिज्य संघको हेटौंडामा आयोजित ५८ औँ साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले देश विकास र सुशासनको लागि सबै क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयो। नेपालीले उत्पादनका काम छाड्दा आर्थिक रूपमा समस्या भएको भएको उहाँको भनाई छ । उद्योग क्षेत्रले स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादनमा जोड दिनुपर्ने उनले बताउनुभयो ।

‘ऐन कानुन परिमार्जन गरेर विकास र समृद्धिको बाटोमा अघि बढ्नु पर्छ । विकास निर्माण र समृद्धिको यात्रामा एकताबद्ध हुन जरुरी रहेको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय स्तरको सम्भावनाको आधारमा उत्पादनमा केन्द्रित हुन जरुरी छ । व्यवसायीहरू पनि वाणिज्यमा मात्र केन्द्रित भएका छन् । वाणिज्यलाई मात्र प्राथमिकतामा राखेर हुँदैन । उत्पादनमा अग्रसर हुन जरुरी छ ।’

राज्यले उद्योगीलाई आवश्यक सुविधासहित उत्पादन वृद्धिमा जोड दिनुपर्ने उहाँको भनाई छ । उहाँका अनुसार नेपालमा भ्रष्टाचारको अवस्था गम्भीर रहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि आम व्यक्तिहरूको सबै विषय अध्यवधिक गर्न जरुरी रहेको उहाँले कताउनुभयो। लगानीमैत्री वातावरण तयार गर्न प्रदेश सरकारले लगानी बोर्ड गठन गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ९ करोड रुपैयाँ खर्च गरेर लगानी सम्मेलन मार्फत ६ अर्ब लगानी प्रतिबद्धता लिएपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले स्थिर सरकारका कारण, कर्मचारी तन्त्र, ऐन कानुन र नेतृत्वको कमजोरीका कारण विदेशीहरूले नेपालमा लगानी गर्न नचाहेको बताउनुभयो । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार