रास्वपा म्याग्दीको अध्यक्षमा यूवराज रोका

  म्याग्दी न्युज संवाददाता

बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला भेलाबाट यूवराज रोकाको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन भएको छ । शनिबार सदरमुकाम बेनीमा आयोजित भेलाबाट उपाध्यक्षमा छवि आचार्य, सचिव राजाराम बरुवाल, सहसचिव कल्पना केसी चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा यादबप्रसाद पौडेल, सुनिता परियार, गुनमायाँ पुन, सन्तोष ढुंगाना, राजबहादुर केसी रहनुभएको छ ।

नवनिर्वाचित कार्यसिमितको कोषाध्यक्ष सहितका मनोनित पदहरू नयाँ कार्यसमितिले मनोनित गर्ने उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन समारोहमा बोल्दै केन्द्रिय प्रबक्ता एवम् प्रतिनिधिसभा सदस्य मनिष झा, प्रतिनिधिसभा सदस्य हरि ढकाल, विनिता कठायत, रास्वपा गण्डकीका अध्यक्ष राजन गौतमले बैकल्पिक शक्तीको रुपमा स्थापित भएको बताउनुभयो ।

प्रथम सम्मेलनमा सत्तापक्षबाट निरन्तर भइरहेको प्रहारले कुनै बिचलित नहुन र संगठन विस्तारमा सक्रिय हुन समेत जिल्ला नेतृत्वलाई योजनाबद्ध रुपमा अगाडी बढ्न र आगामी निर्वाचनमा पहिलो शक्ती बनाउने गरी सक्रिय हुन समेत निर्देशन दिनुभएको थियो ।

यसअगाडीको नेतृत्व कमजोर हुदाँ जिल्लामा संगठन विस्तार सहितका विभिन्न गतिविधिहरु अगाडी बढ्न नसकेको, जनआर्कषणलाई समेत असर गरेको भन्दै आलोचना भएको थियो । नवनिर्वाचत अध्यक्ष रोकाले आगामी बैठकबाट जिल्लाका सबै पालिका, वडास्तरसम्म पुग्ने गरी संगठन विस्तारको अभियान सञ्चालन गर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार