झोलुङ्गे पुल निर्माण भएपछि यात्रा छोटियो

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको बस्ती जोड्ने झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । धवलागिरी–७, धारापानी र मालिका–७, खारा जोड्न म्याग्दी नदीमाथि झोलुङ्घे पुल बनेपछि एक घण्टा भन्दा बढीको यात्रा १५ मिनेटमा छोटिएको छ । गैरसरकारी संस्था मिलन म्याग्दीको सामाजिक तथा प्राविधिक परिचालनमा निर्मित झोलुङ्घे पुलमा ८५ प्रतिशत झोलुङ्घे पुल क्षेत्रगत कार्यक्रम, १३ प्रतिशत धवलागिरी गाउँपालिका र २ प्रतिशत स्थानीय उपभोक्ताको जनश्रमदानमा सम्पन्न भएको हो ।झोलुङ्घे पुल निर्माण भएपछि धवलागिरीको धारापानी, घारा, लुरबाङ, शिवरात्री लगायतका बस्तीका २७४ घरधुरीका १२ सय ३३ जनसंख्या लभान्वित हुने मिलन म्याग्दीकी अध्यक्ष दिलमायाँ विटालुले बताउनुभयो ।

झोलुङ्घे पुलको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले उद्घाटन गदैं भौगोलिक विकटताका कारण आवतजावतमा कठिनाई भएका बस्तीलाई सहज हुने गरी झोलुङ्घे पुल निर्माणलाई समेत प्राथमिकता दिएको बताउनुभयो । कतिपय ठाउँमा सडक सञ्जालबाट पनि असहज हुन्छ, सुविधाका लागि अझै पनि झोलुङ्घे पुलको आवश्यकता छ’ अध्यक्ष पुनले भन्नुभयो । पुलले स्थानीयको यात्रा छोटिएको छ भने कृषि सहित अन्य घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामानको ढुवानीमा समेत सहज भएको मालिका–७ का वडा अध्यक्ष टकलाल पुनले बताउनुभयो ।चालु आवमा मिलन म्याग्दीमार्फत बेनी नगरपालिका २, मंगला गाउँपालिका १, रघुगंगा गाउँपालिका १, अन्नपूर्ण गाउँपालिका २ र धवलागिरी गाउँपालिकामा १ झोलुङ्घे पुल निर्माणधिनका साथै केही प्रयोगमा आइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार