जरबुटामा बोलेरो दुर्घटनामा चालकको ज्यान गयो

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका-६, जरबुटामा बोलेरो दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको सिभिल ठेकेदार भारतीय कम्पनी जेपी एशोसिएट्समा कार्यरत चालक ३५ बर्षिय तेजेन्द्र खत्रीको घरमा पार्किङ गर्दा दुर्घटना भएको थियो ।

कम्पनीबाट घरमा आउनुभएका चालक खत्रीले घर नजिकै पार्किङ गर्दा खुट्टा र शरीरमा चोट लागेपछि उपचारको क्रममा बेनी अस्पतालमा चिकित्सकले मृत घोषित गरेको म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

‘मृतकको शब पोष्टमार्टमपछि परिवारको जिम्म लगाइने छ, ‘घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरेको छ’ रातको समय भएकाले पार्किङको क्रममा एक्कासी पल्टिएको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ’ प्रनाउ श्रेष्ठले भन्नुभयो । जिप दुर्घटनामा च्यापिएको अवस्थामा घाइते चालकको उद्धार र अन्य यात्रुको उद्धार गरिएको प्रहरी निरिक्षक राजन रायमाझीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार