
बेनी । प्रथम वडा कपको उपाधि पात्लेखेतले हात पारेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ,स्थित कोटगाउँमा आइतबार सम्पन्न प्रथम वडा अध्यक्ष कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–१० ,पात्लेखेतले जितेको हो । वडा कार्यालयको आयोजना र कोटगाउँको सनराइज युवा क्लवको सहआयोजनामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको प्रतियोगितामा रघुगङ्गा गाउँपालिका–६, पाखापानीको ए समूह उपबिजेता र बि समूह तृतीय भएका छन् ।
रघुगङ्गा–६ ,पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाका अनुसार ,बिजेता पात्लेखेत, उपबिजेता पाखापानीको ए र तृतीय बी समुहले कप, ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश एक लाख, ६० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । खेल प्रतिभाको पहिचान गर्न , खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग पु♣याउने उद्धेश्यले रनिङ शिल्डको रुपमा प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।
प्रतियोगिताको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केवी), सचिव हिराबहादुर पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । गाउँपालिका अध्यक्षका स्वकीय सचिव रोशन शेर्पुजाले सञ्चालन गर्नुभएको कार्यक्रममा आमा समूह र स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।