
म्याग्दी ।म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उम्मेद्धार निर्विरोध भएका छन् । मंगला गाउँपालिका–२ ,स्थित क्याम्पसको स्ववीयुको निर्वाचनका लागि मंगलबार अनेरास्ववीयुको तर्फबाट मनोनयनपत्र दर्ता भएकाले निर्विरोध भएका हुन् ।
अध्यक्षमा एल्डीस पुन, सचिवमा बिन्दा रोका, सचिवमा मन्जिना बुढाथोकी, सदस्यमा सजिना किसान, सलोन पुन र रामकुमारी थापा निर्विरोध हुनुभएको मंगला शिक्षा क्याम्पसका प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो । यसअघि सम्पन्न दुई स्ववियू निर्वाचन नेकपा एमाले निकट अनेरास्ववियुले निर्वाचन जित्दै आएको थियो ।सर्वसम्मत भएकालाई कार्यतालिका अनुसार सपथ ग्रहण गरिने क्याम्पस प्रमुख खत्रीले बताउनुभयो ।स्ववियु निर्वाचन आगामी चैत ५ मा हुँदैछ ।