
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,महभिरको सुङ्रेपानीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका–४,महभिर सुङ्रेपानीबाट सोही वडाको च्युरीबोटतर्फ जाँदै गरेको ग १ ज ५६१२ नम्बर बोलेरो जीप बुधबार बिहान दुर्घटना हुँदा च्युरीबोटका ३१ वर्षिय नगेन्द्र रसाईलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठले जानकारी दिनुभयो ।
विहान करिब साढे ६ बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुन पुगेको डिएसपी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चालक ३३ वर्षिय शेरबहादुर बिक ,च्युरीबोटका ३१ नगेन्द्र गोतामे , बर्ष २२ वर्षिय भीमप्रसाद गोतामे घाइते र यमिन्द्र रसाईली घाइते हुनुभएको छ । जीप सडकदेखि करिब ६० मिटर तल खसेको छ । घाइते मध्ये भीमप्रसाद र यमिन्द्रको अवस्था सामान्य रहेको छ । जीपमा पाँच जना सवार थिए ।घाइतेहरु मध्ये नगेन्द्रकाे दरबाङ आधारभुत अस्पतालमा उपचार भइरहेको छ । भने गम्भिर घाइते चालक बिकलाई थप उपचारका लागि पोखरा पठाइएको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयबासीले उद्धार गरेका थिए ।
तस्बिर सौजन्य :थमप्रकाश घर्ती मगर