
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस स्ववियु सभापति नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्रीले जित्नुभएको छ ।नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले सभापति सहित समानुपातिक र प्रत्यक्ष तर्फ ७ सदस्य जित्दा अनेरास्ववियुले सचिव ,कोषाध्यक्ष सहित प्रत्यक्ष र समानुपातिक गरी चार सदस्य तथा अखिल क्रान्तिकारीले एक समानुपातिक सदस्य जित्न सफल भएको छ । लामो समयपछि पुनः नेतृत्व हात पारेको नेविसंघले बुधबार बेनीमा ¥याली गरी मतदातालाई धन्यवाद दिंदै विजय उत्सव मनाएको छ । जुलुसले बेनी बजार परिक्रममा गरेको थियो ।
सभापतिमा निर्वाचित संगम लगायत अन्य सदस्यहरुले विद्यार्थी मतदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपाली कांग्रेस म्याग्दीको कार्यालयबाट सुरु भएको ¥याली मंगलाघाट हुँदै बेनी बजार परिक्रममा गरी क्याम्पसचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केबी भण्डारी लगायत जिल्लाका शिर्ष नेताहरु ¥यालीमा सहभागिता जनाएका थिए ।
स्ववियु चुनावको मतपरिणामले क्याम्पसमा नेविसंघ शक्ती परिक्षण , जिल्लामा समग्र पार्टी संगठन बलियो भएको सन्देश दिएको नेताहरुको दावी थियो ।आन्तरिक एकताले मात्र निर्वाचन जित्न सम्भव भएको बताउँदै नेताहरुले विद्यार्थी एवं कार्यकर्ताहरुलाई निर्वाचनले उर्जा र हौसला प्रदान गरेको बताउनुभयो ।कुल मतदाता ८२४ मध्ये ६८६ मत खसेको थियो ।समानुपातिक तर्फ अनेरास्ववियुले २७७ , नेविसंघले २४४ , अखिल क्रान्तिकारीले एक सय ४२ , अखिल समाजवादीले दश मत प्राप्त गरेका छन् । म्याग्दी क्याम्पस स्ववियु सभापतिमा नेविसंघले दोस्रो पटक जितेको हो । यस अघि २०६२ सालमा प्रेम सिकेले सभापति जित्नुभएको थियो ।
तस्बिर ः म्याग्दी न्युज डटकम