एसईई परिक्षा आजदेखि , म्याग्दीमा २२ सय १४ विद्यार्थी सहभागी हुने

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीमा यसबर्ष २२ सयभन्दा बढी विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा एसईई दिने भएका छन् । चैत ७ गते बिहीबार बिहान ८ बजेदेखि देखि हुने परीक्षामा २२ सय १४ जना विद्यार्थीले परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ ।

जिल्लाका ६ वटा स्थानीय तहमा ९ परीक्षा केन्द्रबाट नियमित साधारण तर्फ १६ सय ८९ जना र नियमित प्राविधिक तर्फ ७३ जना, नयाँ पाठ्यक्रका ग्रेडबृद्धितर्फ ४३१ जना, ग्रेडवृद्धि प्राविधिक तर्फ १७ जना र पुरानो ग्रेडवृद्धि २०७८/०७९ र ०८० तर्फ ४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर शर्मा चापागाईंले बताउनुभयो।

यस वर्ष बेनी नगरपालिका–८, कालिपुलमा रहेको बालमन्दिर माविबाट पहिलोपटक १० जना विद्यार्थी परीक्षामा सहभागी हुदैछन् भने प्रकाश माविको खुल्लातर्फबाट रेगुलर, ग्रेड वृद्दि १२ जना, ज्ञानोदय माविको स्रोत कक्षाबाट न्युन दृष्टिविहिन ३ जना, उज्यालो बैकल्पिक विद्यालयबाट ५ जना, जडभरत संस्कृत माध्यमिक विद्यालयमा नियमित ५ जना परीक्षार्थी सहभागि हुदैछन्।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परिक्षा दिनेछन् । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सातसय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार