नेपाली नयाँ वर्षको अवसरमा युकेमा ‘मोना शुभकामना साँझ’ हुँदै

  म्याग्दी न्युज संवाददाता

बेलायत।युकेमा यस वर्ष पनि नेपाली नयाँ वर्ष विक्रम संवत् २०८२को अवसरमा ‘मोना युके शुभकामना साँझ ’ आयोजना हुने भएको छ । म्याग्दी घर भई हाल विभिन्न सिलसिलामा युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गानाइजेशन युके (मोना युके)काृ आयोजनामा शनिबार २६ अप्रिल २०२५मा उक्त कार्यक्रम संचालन हुने भएको हो ।

उक्त कार्यक्रम बेलायतको फार्नबोरोस्थित स्याम्युल कोडी स्पोर्ट्स कलेजमा आयोजना गर्ने मोना युकेका अध्यक्ष पदम सुन्दर गर्बुजा मगरले जानकारी दिनुभयो । जन्मथलो म्याग्दीको मौलिक कला , संस्कृतिको प्रवद्र्धन र म्याग्दीलीहरु बिचमा एकता कायम गर्न कार्यक्रम संचालन गर्न लागिएको अध्यक्ष गर्बुजा मगरको भनाइ छ । मोना युकेले जिल्ला स्थित कलाकारहरुलाई युके बोलाएर पनि सहयोग गर्दै आइरहेको छ ।म्याग्दीबाट युरोप र बेलायतमा बसोवास गर्ने सबै म्याग्दीलीलाई आ–आफ्नो परिवार लिएर उक्त मोना युके शुभकामना साँझमा सहभागिता जनाइदिन अध्यक्ष गर्बुजा मगरले आग्रह गर्नुभएको छ ।

वार्षिक भेटघाट कार्यक्रममा नेपालका लोक तथा दोहोरी कलाकारहरु आस्मा छन्त्याल, मिलन थापा मगर, यशोधा रोका मगर र लोकप्रिय लोक तथा पप गायक गगन पुनलाई आमन्त्रण गरिएको छ भने धौलागिरि नौमती बाजा, पुर्ख्यौली नृत्य, थाली नृत्यलगायत स्थानीय कलाकाहरुको प्रस्तुति रहनेछ ।उक्त शुभकामना साँझमा शुल्क बयस्कका लागि जनही £२० राखिएको छ भने ६ देखि माथि १२ वर्षसम्मका बालवालिका र ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको लागि £१५ राखिएको संस्थाका महासचिव मन्दिप जुग्जालीले जानकारी दिनुभयो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार