
काठमाडौँ । यही बैशाख ११ देखि सुरु हुने कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। शिक्षकहरूको आन्दोलनका कारण अन्योल सिर्जना भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो ।
यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोर्डलाई परीक्षा सार्न आग्रह गर्नुभएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष अध्यक्ष डा. महाश्रम शर्माले भिडियो सन्देश मार्फत सो जानकारी दिनुभएको हो ।