
बेनी। संघीय सरकार उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा` खम्बिर´को प्रमुख स्वकीय सचीवमा नेपाली कांग्रेस म्याग्दीका युवा नेता श्रीप्रसाद रोका मगर नियुक्त हुनुभएको छ । राज्यमन्त्री गर्बुजाले मंगलबार सचीवालयको प्रमुख सचीवमा रोका मगरलाई नियुक्त गर्नुभएको हो । मालिका गाउँपालिका निवर्तमान अध्यक्ष ,नेपाल तरुणदल म्याग्दीका अध्यक्ष रहनुभएका रोका मगर कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।