काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला कोेरोनामुक्त भएका छन् ।
स्टार अस्पातालमा पिसिआर परीक्षण गरिएकोमा बुधबार राति डा. कोइरालाको रिपोर्ट नेगेटिभ आएको हो।संक्रमण पुष्टि भएको १६ दिनपछि उनी कोरोना मुक्त भएको हुन् । कोइरालालाई भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि भदौ ३० गते राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो।
चार दिन अस्पतालको आइसोलेसनमा बसेका कोइराला शनिबार अपरान्ह डिस्चार्ज भएका थिए । चिकित्सकको सल्लाहबमोजिम केही दिन होम आइसोलेसनमा बसेकका कोइरालाले १७ दिनमा कोरोना जितेका छन् ।
तर कोइरालाका मुख्य स्वकीय सचिव भरत तिवारीमा भने बुधबार कोरोना पोजेटिभ देखिएको छ । यसअघि भन्दौ २३ मा उनमा कोरोना नेगेटिभ देखिएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार पिसिआर परीक्षण गरिँदा आफूमा कोरोना पोजेटिभ देखिएको तिवारीले जानकारी दिए । रातोपाटीबाट साभार