म्याग्दीको समुदायस्तरमा कोरोना फैलिएको आशंका
बेनी ।म्याग्दीबाट काठमाडौं पुगेका एक व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २१ काठमाडौं पुगेका ति पुरुषको २४ गते पिसिआरका लागि नमुना लिई परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
जिल्लाको मंगला गाउँपालिका १ का ३९ वर्षीय संक्रमित पुरुष ७ महिना अगाडि विदेशबाट घर आएका थिए । अहिले फेरी विदेश जाने क्रममा काठमाडौं स्थित स्टार अस्पतालमा उनको पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष काठमाडौंमा होटल आइसोलेशनमा वसेका छन् ।
म्याग्दीमा ति पुरुषको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काम समेत सुरु भएको र कन्ट्याकमा परेका परिवारका सदस्यहरुलाई होम क्वारेन्टाइनमा राखिएको निमित्त प्रमुख लम्सालले बताउनुभयो । म्याग्दी जिल्लामा बाहिरबाट आएका व्यक्तीहरुमा मात्र कोरोना देखिएकोमा पछिल्ला ३ वटा केस भने म्याग्दीबाट वाहिर पुगेका व्यक्तीहरुमा देखिएको छ ।