काठमाडौँ । फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्वार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको बताइएको छ। सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार दिएका छन्। उनले उद्वार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन्।
अन्य सदस्यलाई उद्वारका काममा खटेका फ्रान्सेली हवाई उद्वार समूहका तीन जनासहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सिएनएन समाचारले जनाएको छ।
हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको हो।
यस दुर्घटनाको कारणका बारेमा अनुसन्धान सुरु भएको छ। उक्त उद्वार टोली कसलाई उद्वारका लागि गएको थियो भन्ने स्थानका बारेमा पनि केही बताइएको छ। प्रारम्भिक सूचनामा ती उद्वारकर्मीहरु निकै अप्ठेरो स्थानमा उद्वारका लागि पुगेका थिए भनिएको छ। यस विषयमा विस्तृत जानकारी आइसकेको छैन। एएनआई/एजेन्सी