प्रदेश सभामा प्रचण्ड-माधवको पत्र : मुख्यमन्त्री राईसहित ८ जना सांसद निलम्बित

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभामा सत्तारुढ नेकपाको प्रचण्डमाधव पक्षले मुख्यमन्त्री शेरधन राईसहित ८ जना सांसदलाई निलम्बन गरेको पत्र पठाएको छ । सोमबार निलम्बन गरिएको पत्र दर्ता भएको प्रचण्ड-माधव पक्षले बताएको छ ।

प्रचण्ड(माधव पक्षले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रदेशसभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई प्रचण्ड–माधव पक्षले निलम्बन गरेको हो ।

यसअघि बहुमत सांसदबाट दलको नेता चुनिएका भीम आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री राईसहित ८ जना संसदलाई निलम्बन गरेको पत्र बोधार्थ प्रदेश सभालाई पठाएका हुन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार