युद्धकालमा बेपत्ता पारिएका व्यक्तिको परिवारलाई परिचयपत्र वितरण सुरु

काठमाडौं । सरकारले जनयुद्धका समयमा बेपत्ता पारिएका व्यक्तिहरुको परिवारका सदस्यलाई परिचयपत्र वितरण सुरु गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमार्फत पीडित पहिचान तथा परिचयपत्र वितरणको सुरुवात भएको हो ।

आयोगले बर्दियाको गुलरियाबाट परिचयपत्र वितरणको सुरुवात गरेको हो । यसअघि सरकारले गणतन्त्र ल्याउनका लागि योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने निर्णय गरिसकेको छ ।

गत माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले लोकतन्त्रका योद्धाहरुको सम्मानका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा तीन सदस्सीय कार्यदल गठन गरेको थियो । ज्ञवालीको उपस्थितिमा परिचयपत्र वितरण सुरु भएको हो ।

उक्त कार्यदलले शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते, बेपत्ता, अंगभंग भएकाहरुको सम्मान एवं परिचयपत्रको व्यवस्थाबारे अध्ययन गरी सिफारिस गर्ने क्षेत्राधिकार पाएको थियो । नागरिकखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार