म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा बेलबहादुर कटृवाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।शनिबार राति सम्पन्न संघको २७औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट कटुवालको अध्यक्षतामा सर्वसम्मतिले कार्यसमिति चयन भएको हो । कटुवाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, द्धितिय उपाध्यक्ष लिलाराम गौतम, महासचिव अमित बानियाँ, कोषाध्यक्ष सुर्वण रिजाल, सचिव सुमन श्रेष्ठ,सह–सचिव बाबुराम आचार्य र सह–कोषाध्यक्ष नारायण जिसी रहेका छन् ।
यो पनि…
यसैगरी अधिवेशनले महिला उद्यम विकास समितिकी अध्यक्ष लक्ष्मी भण्डारी सहित
३७ सदस्यीय कार्यसमिति चयन भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकास्तरीय बजार इकाईका अध्यक्ष सहित मनोनित सदस्यहरुको समेत सपथ ग्रहण गराइएको छ । नवनिर्वाचत अध्यक्ष कटुवालले आफ्नो कार्यकालमा सम्रग जिल्लाका उद्योगी, ब्यापारीको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यो पनि…
‘उहाँले जिल्लाभित्रका उद्योगब्यवसायीको समस्या र आवश्यकताका बारेमा जानकार रहेको समेत बताउनुभयो । नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, केन्द्रिय सदस्य कुविरकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष उत्तम कुमार कर्मचार्य, पूर्व अध्यक्ष सर्दशनकुमार श्रेष्ठ, जिवनकुमार विश्वकर्माले बधाई सहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । सह–सचिव पदका लागि ६ जना आकांक्षी देखिएका थिए । सहमति नभएपछि सह–सचिव पदका लागि गोलाप्रथा गरिएको थियो ।
यो पनि…