दोभान बजारका अग्निपीडितलाई घर बनाउन सरकारले प्रतिपरिवार ५ लाख दिने

काठमाडौँ । ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनस्स्थापनाको मागसहित गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ । ताप्लेजुङका सांसदसमेत रहेका नेकपा नेता योगेश भट्टराईको नेतृत्वमा बुधबार ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा दोभानका आगलागीपीडितलाई भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन माग गरिएको छ । मिरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार भएको आगलागीमा ४९ घर जलेका छन् भने डेरावालसहित ७९ परिवार विस्थापित भएका छन् ।

भट्टराईकै नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरिएको छ । ‘आगलागीका कारण आवासविहीन हुन पुगेकाहरूलाई तत्काल राहत पुर्‍याउन, पहाडी भेगका बजारहरूमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनीकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा पीडितको हितमा व्यवस्थित सहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरेका छौं,’ उनले भने ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्निपीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताए । मंगलबार नै टेन्ट, ब्ल्यांकेट पठाइएको र बुधबार खाद्यान्नलगायत अन्य सामग्री पठाइने उनको भनाइ छ । आवासका निम्ति भूकम्पपीडितसरहको मापदण्डका आधारमा आवश्यक रकम उपलब्ध गराइने उनले बताए ।

तत्कालीन राहतका रूपमा गृह मन्त्रालयले प्रतिपरिवार १५ हजार रुपैयाँको दरले पठाइसकेको जानकारी दिँदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्निपीडितको आवास निर्माणका लागि पााच लाख रुपैयाा उपलब्ध गराउने पनि बताए ।ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार