दुई वर्षमा देशलाई आत्मनिर्भर बनाउने कृषि मन्त्री अर्यालको दावी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‍मा अर्यालले वर्तमान सरकारले विगतको गुनासा अन्त्य गर्दै वास्तविक किसानको पहिचान गर्न लागेको बताएकी छिन् । किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा उनले किसानको नाममा राज्यको थुप्रै सम्पत्ति सकिएपनि अब सूचीकरण भएपछि यस्तो समस्या नआउने बताइन् ।

समाजवादसम्म पुग्न सबै किसानलाई उत्पादनसँग जोड्नु पर्ने बताउँदै उनले सातवटै प्रदेशका कृषि मन्त्री तथा सचिवसँग छलफल गरि समग्र कृषिलाई व्यवस्थित गर्ने निष्कर्ष निकालेको पनि बताइन् ।

ठूल्ठूला क्षेत्रमा उत्पादन गरेर कृषिमा आत्मनिर्भर हुने तर्फ अगाडि बढेको बताउँदै उनले पाँच वर्षभित्र निर्यातमा कदम चाल्ने बताइन् । अगामी दुई वर्षमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले काम गरिरहेको पनि उनको भनाइ छ।

किसान सूचीकरणले कृषकको मनोवल बढाउनुको साथै जिम्मेवार बनाउने उनले बताइन्। यो कार्यक्रमले कृषि मैत्री वातावरण तयार हुने बताउँदै उनले ठुलठुला पूँजीपतिले कृषिमा लगानी गरेको बताइन् ।

चक्लाबन्दी र सामूहिक खेती गर्नेलाई सरकारले प्रोत्साहन गर्ने पनि उनले दावी गरिन् । एक गाउँ एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन गर्ने बताउँदै उनले कृषिबाट देशलाई समृद्ध बनाउने बताइन् ।

मन्त्रालय नयाँ ढंगले अगाडि बढ्न तयार रहेको बताउँदै मन्त्री अर्यालले ३० प्रतिशत किसानलाई प्रविधिमा पहुँच पुर्‍याउने बताइन् । किसानलाई प्रविधिमा पहुँच पुर्याउने भनि इजरायल सरकारसँग मिलेर कार्यक्रम गर्न लागेको पनि सो क्रममा उनले जानकारी दिइन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार