अख्तियारद्वारा ११ लाख घुससहित महिला प्रहरी हवल्दार पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत महिला हवल्दार ताराकुमारी श्रेष्ठ अख्तियार दुरुपयोग अनुशन्धान आयोगका नियन्त्रणमा परेकि छिन । अख्तियारको टोलीले हवल्दार श्रेष्ठसहित अर्का एक जनालाई पनि त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । हवल्दारसँगै पक्राउ पर्नेमा होटल सञ्चालक अनिश जोशी रहेका छन् ।

उनीहरुको साथबाट ११ लाख रुपैयाँ घुस रकम बरामद गरिएको अख्तियारका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिए । भन्सार चोरी, निकासीको आरोपमा गौशाला प्रहरीको हिरासतमा रहेका थुनुवालाई छुटाउने भन्दै उनीहरुले घुस लिएको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ ।

माघ १७ गते रामेछाप लिखु–तामाकोशी गाउँपालिका घर भएका मिलन श्रेष्ठ गौरीघाटस्थित संगम चोकबाट १ सय ६७ थान मोवाइलसहित पक्राउ परेका थिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणले उनलाई गौशाला प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । मिलनलाई छुटाइदिने भन्दै उनले घुस मागेका हुन् ।

भारतबाट बा १८ च ७५११ नम्बरको गाडीमा भन्सार छलेर ल्याएको मोवाइल प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको थियो । त्यस मुद्दाउपर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार