बेनी । म्याग्दीमा प्रथम लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । नयाँ वर्ष २०७८ को अवसरमा ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो ।
शुक्रवार बेनीमा पत्रकार सम्मेलन मार्फत प्रतिष्ठानले बैशाख १ देखि ३ गते सम्म बेनीको खुल्ला मञ्चमा उत्सव आयोजना गरिएको जानकारी गराइएको थियो । कोरोनाको कारण ठप्प भएको साँस्कृतिक कार्यक्रमहरुलाई पुरानै लयमा फर्काउने र नयाँ बर्षको अवसरमा जिल्लाभर लुकेका नयाँ प्रतिभाहरुको पहिचान गर्ने उदेश्यले उत्सवको आयोजना गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष एवम् कार्यक्रमका मुल संयोजक देवेन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो ।
‘म्याग्दी लोक संस्कृतिको खानी हो, ग्रामिण भेगमा लुकेका प्रतिभालाई बाहिर ल्याउन उत्सवले सहयोग पुग्ने विश्वास लिएका छौँ ’–घिमिरेले भन्नुभयो । उत्सवमा पालिका स्तरीय लोकदोरी गीत प्रतियोगिता र खुल्ला एकल लोकनृत्य प्रतियोगिता राखिएको प्रतिष्ठान गण्डकी प्रदेश कमिटिका संगठन विभाग सदस्य तथा कार्यक्रम संयोजक अमित विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सभ्य एवं भव्य रुपमा सफल बनाउन तयारीलाई थालिएको छ ।
पालिका स्तरीय लोकदोहोरी प्रतियोगितामा प्रथम,द्धितिय र तितृय हुनेलाई क्रमशः ५० हजार,३० हजार र २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गायक र गायिकालाई समेत ३÷३ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसै गरी खुल्ला एकल लोकदोहोरी प्रतियोगितामा प्रथम, द्धितिय र तितृय हुनेलाई क्रमशः १० हजार,७ हजार र ४ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
उत्सवका अवसरमा प्रतिष्ठानका पूर्व अध्यक्षहरु सहित लोकदोहोरी क्षेत्रमा योगदान पु¥याएका कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको प्रतिष्ठानका सचिब पदम विश्वकर्माले जानकारी दिनुभयो । जातजातिका झाँकी प्रदर्शन सहित सुरु हुने उत्सवमा चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती सहित हाँस्यव्यङ्य तथा विविध साँस्कृतिक कार्यक्रम राखिएको सचिब विश्वकर्माले बताउनुभयो ।
उत्सवको आम्दानीबाट बचत हुने रकमबाट जिल्लामा कलाकार लोककल्याणकारी कोषको स्थापना गरिने भएको छ । उत्सव आयोजनामा १० लाख रुपैयाँ बढी खर्च हुने अनुमान गरिएको आयोजनकले जनाएको छ ।
कलाकार कल्याणकारी कोष स्थापनाका लागी प्रतिस्ठानका सल्लाहकार अग्रज गायीका धन कुमारि थापाले ३० हजार ५५ रुपैयाँ र लोक दोहोरी गायक एबं प्रतिष्ठान गण्डकी प्रदेशका पुर्ब सह–अध्यक्ष राजेन्द्र सापकोटाले रोयल खाद्य स्टोर्सको तर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षता, सचिब विश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष जिवनबहादुर विश्वकर्मा र पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले लोक साँस्कृतिक उत्सवले लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।