नेता पौडेल अस्वस्थ बन्दा काँग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । काँग्रेस पदाधिकार बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्ने गरी स्थगित भएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

महतका अनुसार सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाधिवेशनबारे छलफल गर्ने बैठक बोलाए पनि वरिष्ठ नेता पौडेलको आग्रहमा सोमबारको बैठक मंगलबार सारिएको हो । पौडेलले आज आफूलाई अलि सञ्चो नभएको भन्दै बैठक सार्न आग्रह गर्नुभएको थियो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार