
काठमाडौं । कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री विमला केसीले बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले रातोपाटीलाई जानकारी दिइन् ।
राजीनामा दिनेहरु माओवादी केन्द्रका मन्त्रीहरु हुन् । उनीहरुले राजीनामा दिनुको कारण खुल्न सकेको छैन ।रिक्त स्थानमा आजै नयाँ मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
गत वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका थिए । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको थियो । शाहीले ह्वीप उलंघन गरेपछि एमालेको कारबाहीमा परेकामध्ये ३ जनालाई मन्त्री समेत बनाएका छन् । रातोपाटीबाट