
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षधर नेताहरुलाई बैठक राखी हिजो अध्यक्ष केपी ओलीसँग भएको सहमतिबारे जानकारी गराएका छन् ।
आफू निकट शीर्ष नेताहरुसँगको बैठकपछि केन्द्रीय सदस्यहरुसित बैठक राखेका छन् । दिउँसो २ बजे केन्द्रीय सदस्यहरुलाई भर्चुअल माध्यममार्फत बैठक राखेका हुन् ।
बैठकमा २०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी बनाउन लागिएको कार्यदलमा पठाउने सदस्यहरूबारे पनि छलफल भएको छ । केन्द्रीय सदस्यहरुलाई भर्चुअल माध्यममार्फत बैठकमा सहभागी हुन खबर आएको एक केन्द्रीय सदस्यले जानकारी दिए । नागरिक खबरबाट