बागलुङका थप २ कारोना संक्रमितको मृत्यु

बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठेखाला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो ।

धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ८९ वर्षीय पुरुष र बडिगाड गाउँपालिका वडा नम्बर ४ मा ७७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । काठेखोला गाउँपालिका ८९ वर्षीय पुरुष बैशाख २८ गते संक्रमण पुष्टि भएको थियो भने उनी स्वास्थ्यमा समस्या आएपछि २५ गते नै अस्पतालमा आएमो घिमिलेको भनाई छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ४ की ७७ वर्षीया महिलामा २२ गते कोरोना संक्रमण पुष्टि भएको उहाँको भनाई छ । बागलुङमा हरेक दिन संक्रमितको संख्या थपिँदै गएको छ । बागलुङ पोस्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार