राजेन्द्र महतोले पाएको संसदीय दलको नेता पद खारेज

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महतोको सो पद खारेज हुने भएको छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर विधिवत, प्रकृया पुर्याएर नगरिएको कारण सो पद हाललाई खारेज गर्ने सहमति भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो।

जसपा नेपालका अध्यक्षद्वय ठाकुर र यादवबीच भएको छलफलका आधारमा त्यसलाई खारेज गर्ने सहमति भएको हो । नेता महतोलाई गुटबन्दी तरिकाले पार्टीको विधान, प्रकृया मिचेर संसदीय दलको नेता बनाएको कारण त्यसलाई खारेज गरिएको बताउँदै उनले अब विधि र प्रकृयाबाट संसदीय दलको नेता चाँडै चयन हुने बताउनुभयो ।

भक्तपुरको रिसोर्टमा भएको सांसदको छलफलले महतोलाई संसदीय नेतामा चयन गरेको थियो । उनी संसदीय दलको नेतामा चयन भएको कुरा पार्टीबाट आधिकारीक जानकारी नगराइ ठाकुरको आधिकारिक फेसबुकबाट गराइएको थियो ।

महतोलाई पार्टीका शीर्ष नेता तथा विभिन्न व्यक्तिहरुले बधाई पनि दिएका थिए । जसपा नेपालका अध्यक्ष यादव समूहले महतोलाई संसदीय दलको नेता बनाएकोमा आपत्ति जनाउँदै आएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार