अज्ञात समूहद्वारा माओवादी नेता पाण्डेमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार भएको छ।माओवादीका जिल्ला सदस्य दीपक पाण्डेमाथि गएराति करिब ११ बजेतिर गोली प्रहार भएको हो । उनको पेटदेखि बाँयातिरको कम्मरमा गोली लागेको प्रहरीले बताएको छ।

तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा गोली प्रहार भएको हो ।गोली प्रहार गर्ने समूहको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ ।

तौलिहवातर्फ जादै गरेका पाण्डेलाई एक मोटरसाइकलमा सवार ३ जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको प्रहरी अनुशन्धानबाट खुलेको छ ।घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए । पाण्डेको अवस्था मध्यम रहेको उनले बताए ।पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार