देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जाने तयारीमा

काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ ।संसद विघटनविरुद्ध रिट हाल्न र त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् ।शनिबार अपरान्ह नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच प्रारम्भिक छलफल भएको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पक्षमा उभिएका बहुमत सांसदहरु अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन् । यसका लागि केहीबेरमा विपक्षी दलका नेताहरु सिंहदरबारमा भेला हुन लागेको काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आजै सम्भवत सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिइने छ । काँग्रेस नेता रमेश लेखकको संयोजनमा कानुनविद्हरु शनिबारदेखि नै आवश्यक कागजपत्र तयार पार्ने काम जारी छ ।

लेखकले भन्नुभयो, हामी हिजोदेखि आवश्यक कागजपत्र तयार गर्दै हुनुहुन्छ। सकेसम्म आजै सर्वोच्च जान्छौं।’ उपत्यका बाहिर रहेका सांसदलाई काठमाडौं आउन निर्देशन दिएको विपक्षी गठबन्धनले सांसदहरूलाई नागरिकता लिएर आउन समेत भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार