
काठमाडौं । नेकपा एमालेले आज थप १२ जना नेतालाई स्पष्टीकरण पठाउन लागेको छ । स्थायी कमिटीको बैठकले १० गते स्पष्टीकरण सोध्ने निर्णय गरेपनि दुई दिन प्रक्रिया अघि बढाएन ।
पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले आज सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे लगायतका नेताहरुलाई स्पष्टीकरण पठाइने जानकारी दिए । स्पष्टीकरण सोधएिकाहरुले २४ घण्टाभित्र त्यसको जवाफ दिनुपर्नेछ ।
बैशाख १० गतेको बैठकले माधव नेपाल सहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । आजको स्पष्टीकरण भाइबरबाट पठाइने जनाएको छ । नागरिक खबरबाट