नाइजेरियामा डुंगा दुर्घटना : १ सय ३० भन्दा धेरै बेपत्ता

एजेन्सी । नाइजेरियामा खचाखच यात्रु बोकेको डुंगा डुब्दा कम्तिमा एकजनाको मृत्यु भएको छ । घटनामा १ सय ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । हावाहुरीका कारण नाइजेरियाको उत्तरपश्चिम किब्बी राज्यमा डुंगा डुबेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । सेन्ट्रल स्टेट अफ नाइजरबाट नाइजर नदी हुँदै किब्बीस्थित वारा बस्तीका लागि हिँडेको डुंगा दुर्घटनामा परेको हो ।

झन्डै १ सय ६० जना यात्रुहरु यस डुंगामा सवार रहेको र त्यसमध्ये १ जना मृत तथा २२ जनाको जीवितै उद्धार भएको स्थानीय अधिकारी अब्दूल्लाही बुहारी वाराले बताए । वाराकाअनुसार काठको यस डुंगामा मानिससँगै १ सय ६० बोरा बालुवासहितका सामानहरु पनि थियो । यो डुंगा पानीमा अर्को वस्तुसँग ठोक्किएपछि दुर्घटनामा परेको अनुमान अधिकारीहरुले गरेका छन् । यसअघि गत सेप्टेम्बरमा पनि किब्बीमा यस्तै दुर्घटना भएको थियो । त्यतिबेला ८ जनाले ज्यान गुमाएका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार