म्याग्दीमा ७२ संक्रमित निको भए ,थप १५ जनामा कोरोना संक्रमण

बेनी ।म्याग्दीमा आइतबार थप ७२ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् ।यसैगरी, स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार आइतबार थप १५ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।संक्रमित हुनेमा बेनी नगरपालिकामा ७ जना, अन्नपुर्ण गाउँपालिकामा ८ जना गरी १५ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १८९५जना पुगेको छ । संक्रमित मध्ये पिसिआरबाट १४४५ जना र एन्टिजेनबाट ४५० जना पहिचान भएका हुन्। जिल्लामा सक्रिय संक्रमित २७९जना रहेका छन् । अझै ५६ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार