
काठमाडौं । आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटि बैठक पुनः स्थगित भएको छ ।आज बिहान १० बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको बैैठक स्थगीत भएको कार्यालय सचिव शेरवहादुर तामाङ्गले जानकारी दिनुभयो ।
बैठक भोली (मंगलबार) बिहान १० बजे बालुबाटारमा बस्ने तामाङ्ले जानकारी दिनुभयो । यसअघि आफ्ना सांसदलाई कारवाही गर्ने विषयमा छलफल गर्न आइतबार साँझ ५ बजेलाई बैठक बोलाइएको थियो ।
तामाङका अनुसार बैठकमा अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदहरुसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी भैरहेको बताइएको छ । त्यस्तै कोभिड संक्रमणको विषय तथा आगामी रणनीतिको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ । नागरिक खबरबाट