वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीले भेटवार्ता गरेको छ । सो भेटवार्तामा प्रधानन्यायाधीश राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत हुनुभएको छ ।

शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् । प्रधानन्यायाधीश जबरासँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष शाक्यले आजको इजलास स्थगित हुनसक्ने बताउनुभयो । उहाँले वरिष्ठताका आधारमा इजलास गठन गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

त्यसका लागि संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली २०७२, हेरफेर गरिने वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था गरिने भएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार