अवैध काठसहित टिपर र तस्करीमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

बुटवल । रूपन्देहीको देवदहबाट अवैध काठसहित प्रहरीले एक टिपर र तस्करीमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलिले देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको टिप्परसहित चार जनालाई पक्राउ गरेको हो।

सोमबार बिहान ३ बजेतिर पक्राउ पर्नेमा टिपर चालक पाल्पाका झविन्द्र बलाल, गंगाबहादुर बुढा, बुटवलका रोहित घले र देवदह चरङ्गेका प्रेमबहादुर थापा छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौंरका अनुसार नियन्त्रणमा लिइएको टिपरमा १ सय ४२ क्युफिटका ४० पिस सालका गोलिया बरामद गरिएको छ। राठौरले बरामद काठ, टिपर र त्यसमा संलग्न चारै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको बताउनुभयो।

बरामद गरिएको काठ झण्डै पाँच लाख मूल्य बराबरको छ।जनप्रतिनिधिकै संलग्नतामा बेलाबेलामा काठ तस्करी हुने गरेको सूचना पाएपछि प्रहरी देवदहको चरङ्गे क्षेत्रमा गस्तीका लागि पुगेको थियो। देवदह-१० का वडाध्यक्ष यकबहादुर सुनारले प्रहरीले आफूलाई खबर गरेपछि राति नै घटनास्थल पुगेको र अनुसन्धानमा आफूले सहयोग गर्ने बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार