काठमाडौं । आयरल्यान्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामाग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनियनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग गरिएको सामाग्रीमा अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटर लगाएत छन् । स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले प्रभावित क्षेत्रमा स्वास्थ्य सामाग्रीको उचित प्रयोग गरिने प्रतिबद्धता जनाउनुभयो । नेपाललाई कोरोना महामारीमुक्त बनाउनका लागि सबैले आफ्नो ठाँउबाट सक्दो सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । युरोपेली युनियनको कार्यक्रम अन्तर्गत यसअघि पनि विभिन्न राष्ट्रले नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ । नागरिक खबरबाट