मकैबारीमा मृत फेला परेकी महिलाको हत्या आरोपमा एक पक्राउ

विराटनगर । हत्याको आरोपमा प्रहरीले मोरङमा एक जनालाई पक्राउ गरेको छ। मोरङ रतुवामाई नगरपालिका-६ का ३२ वर्षीय सुफल हस्तालाई प्रहरीले पक्राउ गरेको हो।

मोरङ कानेपोखरी-४ सिङ्गारीस्थित मकैबारीमा सोही ठाउँकी ३० वर्षीया सरिता सोरेन बास्केको शव फेला परेको थियो। स्थानीय रामप्रसाद भण्डारीको मकैबारी घाँस काट्न गएकी बास्केको वैशाख १८ गते शव फेला परेको थियो।

उनको घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। हत्यामा संलग्नता देखिएको भन्दै प्रहरीले बिहीबार हस्दालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार