नेप्सेमा ४७.४९ अंकको गिरावट

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४७.४९ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४७.४९ अंकले गिरावट आउँदै २८२८.०० विन्दुमा झरेको हो ।

यस यदि ‘क’ वर्गका ठूला कम्पनीहरूका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ९ अंकले घट्दै ५२३.७० विन्दुमा झर्न पुगेको छ । यस दिन ठूलो अंकले नेप्सेमा गिरावट आउँदै गर्दा यता कारोबार रकम समेत ६ अर्बमा खुम्चिन पुगेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ७५ हजार ८८० पटक किनबेच हुँदा कुल ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँको कारोबार भएको छ ।

यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूह ऋणात्मक भएका छन् । यस समूहको सूचक २६.४ अंकले वृद्धि हुँदा मंगलबार सो समूहको नेप्से परिसूचक ०.५१ विन्दुले बढ्न पुगेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार