कञ्चनपुरमा भान्जाको कुुटपिटबाट मामाको मृत्युु

धनगढी । कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले सामान्य विवादकै क्रममा कुटपिट हुँदा लुहारको मृत्यु भएको खुलेको बताउनुभयो।

बुधबार राति लुहारलाई उनकै भान्जा २२ वर्षीय गिरधारी लुुहारले कुटपिट गरेका थिए । भान्जाकै कुटाइबाट उनको मृत्यु भएको प्रहरीको भनाइ छ । छिमेकीसमेत रहेका दुवै जनाबीच के विषयको विवाद थियो भन्ने कुरा खुल्न सकेको छैन ।

कुटपटमा संलग्न भान्जा गिरधारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिनुभयो । मृतक लुहारको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार