रेडपाण्डाको छालासहित २ जना पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ चौमतीस्थित विष्णुमति करिडोरबाट प्रहरीले रेडा पाण्डाको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउँपालिका –५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र दोलखा तामाकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय अर्जुन मगराति छन् ।

उनीहरुलाई रेड पाण्डाको छाला बेच्न हिँडेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट दुईवटा रेडपाण्डाको छाला बरामद गरेको छ । आरोपीहरुमाथि महानगरीय प्रहरी वृत स्वयम्भुले थप अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार